मत परिणाम समानुपातिकतर्फ एक करोड मतगणना हुँदा कसको कति ?

खबर खुराक
खबर खुराक १४ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

समानुपातिकतर्फ बुधबार बिहान १० बजेसम्म १ करोड १२ हजार ४७ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै छ ।

निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९७ हजार ६६४ मत ल्याएको छ ।

दास्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५५ हजार १५९ मत पाएको छ ।

पहिलो स्थानमा रहेको एमालेको मत कांग्रेसभन्दा एक लाख ४२ हजार २०५ धेरै छ ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)को ११ हजार ४१ २७३ मत छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७८९ मत ल्याएको छ ।

माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको मतान्तर ४३ हजार ४८४ छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७० हजार ३०४ मत पाएको छ ।

जनता समाजवादी पार्टीले तीन लाख ९३ हजार ५९९ र जनमत पार्टीले तीन लाख ५४ हजार ३८५ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेको नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ८२ हजार १८९ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीको दुई लाख ४४ हजार ३४३ र लोकतान्त्रिक समाजवादी पार्टीको एक लाख ४८ हजार ५०७ मत छ ।

प्रतिक्रिया दिनुहोस्