Ad imageAd image

आजको मौसम पूर्वानुमान

खबर खुराक
खबर खुराक १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली रहनेछ ।

तराई  भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्