Ad imageAd image

सिरहाबाट पेस्तोलसहित एकजना पक्राउ

खबर खुराक
खबर खुराक १५ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

सिरहा : गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका-११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् । ईलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्