बाजुरामा मतगणना रोकियो

खबर खुराक
खबर खुराक १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

डडेलधुरा । बाजुरामा मतगणना रोकिएको छ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हिजोदेखि मात्र मतगणना सुरु गरिएको थियो । तर, विवादका कारण अहिले गणना रोकिएको हो ।

हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा गरिएको मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको जनाइएको छ ।

प्रतिनिधिसभातर्फको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो । नेकपा (एमाले)का प्रतिनिधिले विरोध गरेपछि मतगणना रोकिएको बताइएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायम छ । दोस्रो स्थानमा एमालेका कर्णबहादुर थापा छन् ।

प्रतिक्रिया दिनुहोस्