Ad imageAd image

सुनको प्रतितोला मूल्य ९९ हजार नाघ्यो

खबर खुराक
खबर खुराक १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

१६ मंसिर, काठमाडौं । सुनको मूल्य ९९ हजार एक सय रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज एकै दिन सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य आज ९९ हजार एक सय, तेजावी सुनको मूल्य ९८ हजार ६ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ तोकिएको छ ।

बिहीबार सुनको मूल्य ९८ हजार एक सय, तेजावी सुनको मूल्य ९७ हजार ६ सय र चाँदीको मूल्य १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्