प्रमुख प्रशासकीय अधिकृसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खबर खुराक
खबर खुराक १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  छ।

सर्लाही चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम थापा,निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक, इन्जिनियर अजय यादव,लेखापाल शिव शंकर कुसवाहा, गाउँपालिका अध्यक्ष विक्रम यादव, वडा नम्बर ४ का वडध्यक्षअब्दुल अहद कवारी , गाउँपालिका सदस्यहरु,उपभोक्ता समितिका अध्यक्षसमेत गर ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरुले चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ सुन्दरपुरस्थित वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला नालाा निर्माण गर्ने क्रममा गुणस्तरहिन सामग्री खरिद गर्न लगाइ रकम अनियमितता गरेको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन्।

उनीहरुसँग तीन लाख एकचालीस हजार पाँच सय रुपैयाँ विगो माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्