नेपाल इन्भेष्टमेन्ट बैंकले पायो ‘बैंक अफ द इयर २०२२’ अवार्ड

खबर खुराक
खबर खुराक १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड फाइनान्सियल टाइम्स ‘बैंक अफ द इयर २०२२’ अवार्ड पाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको छ ।

एनआईबीएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौँपटक हो । जुन नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो । यो अवार्ड जित्नु एनआईबीएलले नेपालको वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण भएको जनाएको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले डिसेम्बर १, २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा बैंकको तर्फबाट अवार्ड ग्रहण गरे ।

फाइनान्सियल टाइम्स प्रकाशनसँग सम्बन्धित बैंकर पत्रिकाले यो पुरस्कार प्रदान गरेको हो।

एनआईबीएलले ८८ शाखा, १३३ एटीएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

उदाहरणीय सेवा र व्यवसायका लागि छैटौँपटक ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गर्ने बैंकले अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ को लागि युरोमनी अवार्डहरू पनि प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्