एनआरएन इन्फ्रास्ट्रक्चरले ५.२६ प्रतिशत नगद लाभांश दिने

खबर खुराक
खबर खुराक १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तपुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

गएको शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट कर प्रयोजनसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव कम्पनीको अबको साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

कम्पनीले लाभांश प्रयोजनका लागि यही मंसिर ५ गते बुक क्लोज गरेको छ । मंसिर ४ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्