काठमाडौं : एनएलजी इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणना गरेको छ।
आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनहरुलाई लाभांस घोषणा गर्ने कम्पनीले जनाएको छ।
इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ रहेको छ।
चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको प्रयोजनार्थ ०. ५ प्रतिशत नगद लाभांश दिने भएको हो।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्