पुस ५ गतेभित्र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङखण्डको सडक मिचेर बनाइएको संरचना हटाउन निर्देशन

खबर खुराक
खबर खुराक २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

सडक डिभिजन कार्यालय दाङले पुस ५ गतेभित्र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन आग्रह गरेको छ।

मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गर्दै  दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ-बायाँ ३१/ ३१ मिटरभित्र रहेका संरचना हटाउन कार्यालयका सूचना अधिकारी रिकेश महर्जनले निर्देशन दिएका छन्।

तोकिएको समयमा त्यस्ता संरचना नहटाए सडक डिभिजन कार्यालयले आफैं हटाउने र हटाउन लागेको खर्च सडक मिच्ने व्यक्ति वा संघ सरकारी बाँकी सरह असुल उपर गरिने जारी सूचनामा उल्लेख छ।

एमसिसी परियोजनाले पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको यो सडक खण्ड चार लेनमा विस्तार गर्ने योजना छ।

दाङ सडकखण्ड करिब ७७ किलोमिटर रहेको छ।

सडक डिभिजन कार्यालयले पूर्व-पश्चिम राजमार्गमा पर्ने राप्ती र गढवा गाउँपालिकासहित लमही नगरपालिकालाई पत्राचार गरी  वडाको सूचना पार्टीमा  सूचना टाँस गर्न आग्रह गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्