चिसो भुँइमा बसेर पढ्न बाध्य बालबालिका

खबर खुराक
खबर खुराक २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

रौतहट : फतुवा बिजयपुर नगरपालिका- २ मा रहेको श्री माध्यमिक विद्यालयका विद्यार्थी बेन्च नहुँदा भुइँमा बसेर पढ्न बाध्य छन् ।

२०१७ सालमा स्थापना भएको सो विधालयको भौतिक संरचना निर्माण तर्फ सरोकारवाला पक्षको ध्यान नपुगेको अभिभावकको गुनासो छ ।

सो विधालयमा करिब ८ सय विद्यार्थी रहेका छन् । विद्यालयमा कक्षा १ देखि ६ सम्मका विधार्थी चिसो भुइँमा पढ्न बाध्य छन् । उनीहरुका लागि डेक्सबेन्च छैन ।
केहि वर्षअघि आठ कोठे नयाँ भवन निर्माण भएपनि बेन्च नहुँदा विधार्थी बस्ने  डेक्सबेन्च  छैन् ।

सो विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले बेन्च नहुँदा समस्या भएको दुखेसो पोखे ।  विद्यालयको अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखासहित कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादवलाई जानकारी दिएको तर कसैले गम्भीररुपमा नलिएको  विधालयका प्रअ यादवको गुनासो छ ।

वडाअध्यक्ष अनि रूद्ध प्रसाद यादवले नगरपालिकाले उपलब्ध नगराए आगामी आर्थिक वर्षको वडाको बजेटबाट विधालयको लागि बेन्च व्यवस्था गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्