Ad imageAd image

दार्चुला घटनाबारे भारतलाई कूटनीतिक नोट पठाउने परराष्ट्रको तयारी

खबर खुराक
खबर खुराक २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । दार्चुलमा भारतले महाकाली नदीको धार नेपाली बस्तीतिर फर्काएर अनधिकृत संरचना बनाएको र चारजना नेपालीमाथि ढुंगा प्रहार गरेको विषयमा नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाउने भएको छ ।

आइतबार नेपाली र भारतीय नागरिकबीच नदीको धार नेपाली बस्तीतिर फर्काएको विषयमा विवादले झडपको रूप लिएको थियो । जसमा सीमा पारिबाट आएको ढुंगा लागेर विद्यालयमा खेलिरहेका चारजना बालक घाइते भएका थिए ।

घटनाको दुई दिनपछि परराष्ट्र मन्त्रालयले दार्चुलामा भएको भारतीय ज्यादतीबारे भारतलाई कूटनीतिक नोट पठाउने तयारी गरेको हो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आफूहरूले कूटनीतिक नोट पठाउने तयारी गरिरहेको जानकारी दिइन् ।

दार्चुला प्रशासनले नेपालीमाथि ढुंगा प्रहार र नदी अतिक्रमणबारे गृह मन्त्रालयलाई आइतबार मौखिक र सोमबार लिखित जानकारी गराएको थियो ।

- Advertisement -
Ad image

गृह मन्त्रालयले सोमबार घटनाबारे जानकारी दिँदै र स्थायी समाधान खोज्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । पत्रमा दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर तथा सहमति कायम गर्नका लागि पहल गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्