Ad imageAd image

रुपन्देही -२ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर

खबर खुराक
खबर खुराक २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदान/मतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।

बाणिज्य क्याम्पसको बुथ ज  र बुटवल १२ को चारवटा बुथमा पुन मतगणना र मतदानको  माग गरेका हुन् । उनले बिष्णु पाैडेलको सपथ रोक्न र संसद जान समेत नदिन माग गर्दै रिट दायर गरेको नागरिक अनलाइनलाइ बताए ।  मतदान र मतगणनाको क्रममा धाँधली भएको उनको दाबी छ।

No photo description available.

उनले  ‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छु’ उनले भने-‘आशा गरौं अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ।’

- Advertisement -
Ad image

मंसिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो। चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग १ हजार ३६६ मतले गणेश पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्