Ad imageAd image

खुल्यो आईपीओ

खबर खुराक
खबर खुराक २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुलाएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ।

बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता शेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्