Ad imageAd image

चोलेन्द्रविरुद्धको महाअभियोग निश्क्रिय, सर्वोच्च फर्किने तयारी

खबर खुराक
खबर खुराक २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa
सुनुवाई समितिका] मंगलबारका] बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूका] जवाफ दिंदै प्रस्तावित प्रधान न्यायाधीz चाेलेन्द्र शमशेर जबरा । t:jL/ M रत्न श्रेष्ठ, /f;;

२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् ।

जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।

यससँगै जबराको निलम्बन हटेको छ । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् ।

यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्