काठमाडौं । स्थानीय बजारमा सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा सुन तथा चाँदीको मूल्य आज (बुधबार) स्थिर छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी पनि मंगलबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्