Ad imageAd image

सरकारले भन्यो- चोलेन्द्रशमशेरमाथि महाभियोगको विषय जिवितै छ, नयाँ संसदमा छलफल हुन्छ

खबर खुराक
खबर खुराक २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने बताएका छन्।

उनले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसदको सम्पत्ति भएको र अब बस्ने नयाँ संसद बैठकमा यसबारे छलफल गरिने बताए।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नमाथि जवाफ दिँदै सरकारका प्रवक्ता कार्कीले राणामाथि लगाइएको महाभियोग जिवितै रहेको बताए।

‘महाभियोगको विषय जिवितै छ। अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुन्छ,’ उनले भने, ‘महाभियोग संसदको सम्पत्ति हो। नयाँ संसदमा यसबारे छलफल गरेर निर्णयमा पुग्छौं।’

- Advertisement -
Ad image
संघीय संसद सचिवालयले भने चोलेन्द्रशमशेरलाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको छ। सोही पत्रका आधारमा चोलेन्द्रशमशेर सर्वोच्च आउन लागेका छन्। नेपाल बारलगायतले चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्