काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकबाट चुक्तापुँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अबको साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल बैंकको चुक्तापुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्