Ad imageAd image

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

खबर खुराक
खबर खुराक २३ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६०० ले बढेर एक लाख ३०० रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार २०० थियो ।

यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा आज प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्