Ad imageAd image

सडक विस्तारका लागि तानसेन–रिडी सडक खण्ड दैनिक १० घण्टा बन्द

खबर खुराक
खबर खुराक २३ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

पाल्पा।  तानसेन-रिडी सडक खण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ। सडक विस्तारका लागी मंसिर २२ गतेदेखि पुस ७ गतेसम्म दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।तानसेन–रिडी सडक खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ ।

प्रतिक्रिया दिनुहोस्