काठमाडौं । नेपाल वायुसेवा निगमले पाँच चिनियाँ विमान बिक्री गर्नको लागि टेन्डर आह्वान गरेको छ ।
निगमले गत मंगलबार एक सूचना जारी गर्दै २ वटा एमए–६० र ३ वटा वाई १२ विमान बिक्रीका लागि टेन्डर आह्वान गरेको हो ।
यसअघि निगमले उक्त जहाजहरू भाडामा चलाउनको लागि टेन्डर आह्वान गरेको थियो । दुवैपटक टेन्डर नपरेपछि बिक्री गर्नको लागि टेन्डर आह्वान गरेको निगमले जनाएको छ ।
निगमले २ थान एमए ६० तथा ४ थान वाई १२ ई विमान प्राप्तिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयसँग २०७० साल ११ महिना १४ गते सहायक ऋण सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्