काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २०० रुपैयाँले बढेर एक लाख ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
किन हुन्छ सुन र चाँदीको मूल्य घटबढ ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउँछन् ।
“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ,” अध्यक्ष शाक्यले भने ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ७९७.३५ डलरमा कारोबार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्