प्रदेश–१ मा कृषिबाली क्षेत्र घट्यो, आर्थिक वृद्धिदर कर्णालीभन्दा कम

खबर खुराक
खबर खुराक २५ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

विराटनगर । प्रदेश नम्बर–१ मा समग्र बालीले ढाकेको क्षेत्र घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश–१ मा समग्र कृषिबालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले घटेको छ । १० लाख ४१ हजार १८६ हेक्टर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो क्षेत्रफल १.५ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा मकै, गहुँ र कोदोले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषिबालीले ढाकेको क्षेत्रफल घटेको देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककी निर्देशक तथा विराटनगरकी प्रमुख मीना पाण्डेले प्रदेश–१ का १४ वटै जिल्लामा आर्थिक पक्षका विभिन्न क्षेत्रको अध्ययन गरिएको जनाएकी छन् ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन हालै सार्वजनिक गरेको हो । प्रदेशमा समग्र कृषिउपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदेबालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७.६ प्रतिशत, तरकारी बालीको ५.४ प्रतिशत र अरू बालीले ढाकेको क्षेत्रफल ७.० प्रतिशत छ । कृषिउपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदोबालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्