पाकिस्तान र अफगानस्तानको सीमानाकामा गोलीबारी, ६ पाकिस्तानी मारिए

खबर खुराक
खबर खुराक २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

एजेन्सी : पाकिस्तान र अफगानस्तानबीच गोलाबारी हुँदा ६ जना पाकिस्तानीको मृत्यु भएको छ।

सो घटनामा १७ बढि घाइते भएका छन्।

हमलापछि जारी विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलले बिनाकारण हमला गरेको आरोप लगाएको छ ।
पाकिस्तानी सेनाले हमलामा अफगानिस्तानको सुरक्षा बलले गोलाबारुदको प्रयोग गरेको र त्यसपछि पाकिस्तानी सीमा सुरक्षा बलले जवाफी कारबाही गरेको बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दाहारका प्रहरी प्रवक्ता हाफिज सावेरले यस हमलामा एक अफगानी सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएका छन्।

अफगान सरकारका अधिकारी नुर अहमदले दुई पक्षबीचको वार्तापछि अहिले घटनास्थलको अवस्था सामान्य रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्