ग्वार्को–बालकुमारी सडकखण्डमा अत्यधिक सवारी जाम, वैकल्पिक मार्गबाट सवारी डाइभर्ड गर्दै ट्राफिक

खबर खुराक
खबर खुराक २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । ललितपुरको ग्वार्को–बालकुमारी सडकखण्डमा अत्यधिक सवारी जाम हुन थालेको छ । ग्वार्को चोकमा फ्लाइओभर निर्माण भइरहेकाले सो क्षेत्रमा जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङग्रे सवारी साधनलाई फास्ट ट्रयाकमा डाइभर्ड गरिएको ट्राफिकले जनाएको छ ।

तोकिएको सडक लेनबाट यात्रा गर्न र गराउन चालकलाई ट्राफिक कार्यालयले अनुरोध गरेको छ । यसबाहेक उपत्यकाका अन्य स्थानकाे सवारी आवागमन सामान्य रहेको छ ।

विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा नै सञ्चालन भैरहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्