काठमाडौं : मलेसियाबाट काठमाडौं आएका अधिकांश यात्रुको सामान छुटेको छ। मलेसियन एयरलाइन्सको एमएच ०१७० नम्बरको जहाजबाट सोमबार काठमाडौं आएका यात्रुहरुको सामान छुटेको हो।
एयरपोर्टमा ओर्लिएर सामान लिन जाँदा छुटेको यात्रुले थाहा पाएका हुन्। एयरलाइन्सको लापरवाहीले आफ्नो सामान छुटेको भन्दै उनीहरुले होहल्ला समेत गरेका छन्।
हल्लाखल्ला हुँदा समेत मलेसियन एयरलाइन्सका प्रतिनिधिहरु आएका छैनन्। उनीहरुले यसबारे केही जवाफ पनि दिएका छैनन्।
नेपाल एयरलाइन्सका कर्मचारीले भने सामान छुटेको र अर्को दिन सम्पर्क गरी आउनू भनेर लगेजको ट्याग दिएको मलेसियाबाट आएकी एक यात्रुले अन्नपूर्णलाई जानकारी दिइन्।
उनले सामान मेलवर्नमा छु्ट्यो कि मलेसिया आफूलाई थाहा नभएको बताइन्।
सामान छुटेपछि यात्रुहरु विचल्लीमा परेका छन्। ह्विलचियरमा आएका यात्रुहरु थप पीडामा छन्।
सामान छुटेका यात्रुहरुलाई नेपाल एयरलाइन्सले फाराम भर्न लगाए अर्धकट्टी दिएर पठाएको छ। एयरलाइन्सको चरम लापरवाहीले अष्ट्रेलियाबाट मलेसियाहुँदै काठमाडौं आएका यात्रुहरुको सामान छुटेको हो।
प्रतिक्रिया दिनुहोस्