Ad imageAd image

चुनावी नतिजाको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइँदै, नयाँ सरकार गठनको प्रक्रिया थालिँदै

खबर खुराक
खबर खुराक २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।

सोही अनुसार आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ । प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ ।

संघमा दुई सय ७५ र प्रदेशमा पाँच सय ५० जना गरी आठ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।  आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्