उद्घाटन भएको १ महिनापछी लुम्बिनीमै थन्कियो विद्युतीय बस

खबर खुराक
खबर खुराक २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

गत १३ असोजदेखि एक महिना परीक्षणकाल संचालन गरिएको लुम्बिनीका विद्युतीय बस उद्घाटनमै सीमित भएको छ । असोज ११ गते ४३ ओँ विश्व पर्यटन दिवसको दिन गृहमन्त्री वालकृष्ण खाणले बेलहियामा आयोजित कार्यक्रमबाट प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायलाई निर्देशन दिँदै सुरक्षाकर्मीको समन्वयमा विद्युतीय बस संचालनमा आयो ।

कुनै पनि हालतमा अविलम्ब चलाउनु पर्ने निर्देशन आएपछि असोज १२ गते रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षता बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायी संघसंसथाको बैठकले १३ असोजबाट संचालनमा ल्याउने निर्णय गर्यो र उद्घाटन भई संचालनमा आयो ।

प्रतिक्रिया दिनुहोस्