काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।
बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पदाधिकारीको उपस्थितिमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाइएको हो ।
निर्वाचनबाट प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी ८२५ जना निर्वाचित भएका छन् ।
प्रतिनिधिसभातर्फ पुरुष १८४ (६६.९० प्रतिशत) र महिला ९१ (३३.१० प्रतिशत) निर्वाचित भएको आयोगले जनाएको छ ।
प्रदेशसभातर्फ पुरुष ३५० (६३.६४ प्रतिशत) र महिला २०० (३६.३६ प्रतिशत) निर्वाचित भएका छन् ।
प्रदेशतर्फको परिणाम भने सातै प्रदेशका प्रमुखलाई बुझाइने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्