तरूण दलका पूर्वमहासचिव कमल चित्रकारको निधन

खबर खुराक
खबर खुराक २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

नेपाल तरूण दलका पूर्वमहासचिव कमल चित्रकारको निधन भएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमहामन्त्री चित्रकारको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।

देउवा आज पशुपति पुगेर चित्रकारलाई श्रद्धाञ्जलीसमेत दिएका छन्।

‘नेपाल तरुण दलका पूर्वमहासचिव एवं नेपाली कांग्रेसका नेता कमल चित्रकारजीको निधनको खबरले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले भनेका छन्।

साथै चित्रकारले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने देउवाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्