काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।
बुधबार १ लाख १ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्