भन्सार विभागको महानिर्देशकमा चक्र बुढा

खबर खुराक
खबर खुराक २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa
काठमाडौं । भन्सार विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सह–सचिव चक्र बुढा नियुक्त भएका छन् । विभागको महानिर्देशक कमल भट्टराईलाई मन्त्रालयमा सरुवा गरेर अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख बुढालाई भन्सार विभागको जिम्मेवारी दिइएको हो ।

भन्सार विभागबाट अर्थ मन्त्रालयमा सरुवा भएका भट्टराईलाई मन्त्रालयको वित्तीय समन्वय महाशाखाको जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।

यस्तै, आन्तरिक राजस्व विभागको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका रितेश शाक्यलाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्