जंगलि हात्तीको आक्रमणबाट चितवनका एक वृद्धाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौली मेघौलीकी ७० वर्षीया भागिरथी सुवेदीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
शनिबार बेलुकी साढे ८ बजेतिर आँगनमा आगो तापिरहेकी सुवेदीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यू भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्