सुनचाँदीको मूल्य बढ्यो

खबर खुराक
खबर खुराक ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्