शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक हुदै

खबर खुराक
खबर खुराक ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा हुने भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाको आयोजनामा पुस २९–३० गते बैठक बस्न लागेको हो ।

 २ सय ५० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहने बैठकले आगामी दुई वर्षका लागि २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन पनि गर्नेछ । राष्ट्रिय परिषद् बैठकमा आधा दर्जन प्रस्तावहरुसहित वार्षिक गतिविधि प्रतिवेदन लगायतका दस्तावेजहरु प्रस्तुत हुनेछ ।
राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको नवलपरासी पश्चिम शाखाका निवर्तमान सभापति सन्तोष अधिकारी क्षेत्रीको संयोजकत्वमा मूल तयारी समितिसहित १३ वटा उपसमितिहरु गठन भएको समाजले जनाएको छ ।

राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्