साढे ३ घण्टापछि खुल्यो अवरुद्ध पृथ्वी राजमार्ग

खबर खुराक
खबर खुराक ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित खानीखोलाको पुल भासिदा अवरुद्ध बनेको राजमार्ग खुलेको छ ।  बिहान १० बजेतिर सडक निर्माणको क्रममा पुल भासिएर दुईतर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्का अनुसार १:२५ बजेदेखि सडक सुचारु भएको छ । भासिएको स्थानमा ग्राबेल हालेर सडक सुचारु भएपछि अहिले ठूला सवारी साधन एकतर्फी रुपमा सञ्‍चालनमा आएको खडकाले जानकारी दिए ।

‘साना सवारी साधन भने दुईतर्फी नै चलेका छन्,’उनले भने । यो सडक खण्डमा अहिले चार लेन सडक विस्तारको काम भइरहेको छ ।

सडक अवरुद्ध हुँदा अलपत्र परेका सयौँ सवारी साधन अहिल गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्