गठबन्धनले पाल्पामा आंशिक रूपमा निर्वाचन आफ्नो पक्षमा ल्याउन सफल भयोः सभापति श्रेष्ठ

खबर खुराक
खबर खुराक ४ पुष २०७९, सोमबार
3 Min Read
Aa

पाल्पा- नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन दलले आंशिक रूपमा भए पनि निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस पाल्पाले आइतबार राखेको निर्वाचन समीक्षा एवम उम्मेदवार सम्मान कार्यक्रममा सभापति श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । पाल्पामा २ वटा प्रतिनिधि सभाका ४ वटा प्रदेश सभा रहेका छन ।

वि.स. २०७४ सालको निर्वाचनमा २ प्रतिनिधि सभा र ४ वटै प्रदेश सभामा शून्य भएकोमा वि.स.२०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसको नेतृत्व रहेको गठबन्धन दलले पाल्पामा २ वटा प्रदेश सभामा निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउनुभयो । मंसिर ४ मा भएको निर्वाचनमा क्षेत्र न २ को  प्रतिनिधि सभामा केही प्राविधिक समस्याका कारण उपलब्धि हासिल गर्न नसकेको बताउदै २ वटा प्रदेश सभामा भने निर्वाचनमा सफलता प्राप्त भएको बताउनुभयो ।  मत परिणाम हेर्दा पाल्पा जिल्लामा मुख्य प्रतिस्पर्धी एमाले सँग प्रतिस्पर्धी दलको रूपमा नेपाली काङ्ग्रेस रहेको मत परिमाणले देखाएको बताउनुभयो ।

मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्दै सभापति श्रेष्ठले आगामी दिनमा नेपाली  काङ्ग्रेस पाल्पाको संगठनलाई सुदृढीकरण गर्दै लैजाने बताउनुभयो

२ प्रतिनिधि सभाका ४ प्रदेश सभा रहेको पाल्पामा क्षेत्र न २ “१” मा नेपाली काङ्ग्रेसका उम्मेदवार,लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री,नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति विर बहादुर राना विजयी हुनु भएको छ । भने क्षेत्र न २ “२ “मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका उम्मेदवार,लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वीर बहादुर रानालाई सम्मान गरिएको थियो । समीक्षा कार्यक्रममा नेपाली काङ्ग्रेका महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधि ,प्रदेश सभाका सदस्य,जिल्ला कमिटीका पदाधिकारी,पालिका सभापतिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानबहादुर गाहा, प्रदेश सदस्यका उम्मेदवारहरु श्यामकान्त खनाल, शंकर खनाल, समानुपातिक उम्मेदवारहरु सन्दीप राना र तारा रसाईलीले निर्वाचनमा अमूल्य मत दिने मतदाता र पार्टीका सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्नुभयाे । उनीहरुले केही प्राविधिक कारणले आफुहरु पराजित भए पनि मतदाताको मन भने जित्न सफल भएको बताउनुभयाे । कार्यक्रममा पार्टीका भातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना धारण राखेका थिए । पार्टी सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व , उपसभापति झपेन्द्र गहिरेको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनका कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्