Ad imageAd image

प्रचण्ड भन्‍छन प्रधानमन्‍त्रीका लागि सबै चिज दाउमा लाउने काम गर्दिनँ प्रचण्ड

खबर खुराक
खबर खुराक ४ पुष २०७९, सोमबार
2 Min Read
Aa

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि आफूले केही कुरा दाउमा नलगाउने बताएका छन् ।

निर्वाचनपछि एमाले –माओवादी मिलेर सरकार सहकार्यको चर्चा चलिरहँदा दाहालले प्रधानमन्त्री पदको लागि गठबन्धनभित्र औपचारिक छलफल गरेर टुंगो लगाउने बताएका छन्।  सोमबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले गठबन्धनकै सरकार बन्ने दावी गरे।

‘मैले प्रधानमन्त्रीको लागि सबै चिज दाउमा लगाउने काम कहिले पनि गरेको छैन । बरु मैले धेरै नेतालाई प्रधानमन्त्रीमा प्रस्ताब गरेको छु । तर आफैं प्रधानमन्त्रीको रेसमा कुद्ने काम चाहीं गरेको छैन । जिम्मेवारी आयो भने त्यो लिने काम हुन्छ , ‘उनले भने , ‘एमालेसँग माओवादी केन्द्रको मात्रै होइन कांग्रेसको पनि कुराकानी भएको छ । तर कुरा हुँदैमा निष्कर्षमा पुग्यो भन्ने सोच्नु हुँदैन । हामी गठबन्धनमै छौं। त्यही नै कायम रहन्छ भनेर त्यसैमा छलफल गरेका छौं । ’

गैर राजनैतिक व्यक्ति राष्ट्रपति बन्न नसक्ने उनको भनाइ  छ।  केही व्यक्तिबाट सुझाव आएको बताउँदै उनले सोबारे दलहरुभित्र छलफल नचलेको बताए । ‘गैर राजनैतिक व्यक्तिलाई राष्ट्रपति बनाउँदा पनि हुन्छ भन्ने सुझाव आएको हो । गठबन्धनभित्र वा अन्य दलहरु भित्र त्यस विषयमा छलफल भएको पनि छैन , ‘उनले भने , ‘गैरराजनैतिक व्यक्ति राष्ट्रपति हुने संभावना छैन । ’

- Advertisement -
Ad image

सरकार गठनको लागि  राष्ट्रपतिबाट आह्वान भएको सात दिनभित्रै  सरकार गठन हुने दावी गरे । प्याकेजमा पावर सेयरिङ मिलाएर सहमतिमा सरकार गठन हुने उनले बताए । ‘पावर सेयरिङमा राष्ट्रपति , उपराष्ट्रपति , सभामुख र उपसभामुख तत्काल टुङ्याउनुपर्ने छ । हामीले गठबन्धनभित्र यी सबै कुरालाई प्याकेजमा टुङ्गाउने समझदारी बनेको छ, ’दाहालले भने , ‘सात दिनभित्र यो सबै पूरा हुन्छ । ’

प्रतिक्रिया दिनुहोस्