पशुपति समशेर जबरा भन्छन पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएका छौं

खबर खुराक
खबर खुराक ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका हुन् ।

उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने बताए । ठुला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उनले बताए । उनले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने बताए । जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताए । उनले आफूहरुले भोलिको नेपाल कस्तो हुनसक्छ भन्नेकुरा संसदमा प्रदर्शन गरेर देखाउने बताए ।

प्रतिक्रिया दिनुहोस्