शेखर–गगनलाई साझा उमेदवार बनाउन छलफल सुरु

खबर खुराक
खबर खुराक ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

 संसदीय दलमा एकमात्र उमेदवार बनाउन कांग्रेस संस्थापन इतरका शीर्ष  नेताहरूको बैठक अहिले जारी छ । छलफलमा सहभागी एक सांसद्का अनुसार केहीबेर अघि साझा छलफल गरिएको थियो । तर, सहमति जुट्न नसके पछि पुनः बैठक बसेको हो । उक्त बैठकमा संसदीय दलका आकांक्षीहरू शेखर कोइराला र महामन्त्री गगन थापालाई बैठक बाहिर राखिएको छ ।

“उमेदवारहरुलाई बाहिर राखेर हामी पुनः छलफलमा बसेका छौँ,” बैठकमा सहभागी एक सांसदले भने । ती सांसदले स्थान भने खुलाउन चाहेनन् । संसदीय दलको निर्वाचन बुधबार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्