तानसेन। तानसेनमा जग खन्ने क्रममा तोपको गोला भेटिएको छ। तानसेन नगरपालिका अन्तर्गत वडा नम्बर ४ महेन्द्र दल गणले निर्माण गर्न थालेको अतिथि गृहको जग खन्ने क्रममा गोला भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक (डिएसपी) विरेन्द्र थापाले बताउनुभएको छ।
साना ठुला गरि करिब ३ सय वटा गोला फेला परेको र गोलाहरु पाल्पा स्थित नेपाली सेनाले संकलन गरिरहेको छ । १ सय ग्राम देखी २०-२५ किलोग्राम सम्मका गोलाहरु भेटिएको डिएसपी थापाले लुम्ब्निनी पानालाई बताउनुभयो । गोला कति वर्ष पुरानो हो यकिन भई नसके पनि २ सय वर्ष पुरानो हुन सक्ने अनुमान गरिएको छ।
बिक्रम सम्बत १८७२ बैशाख ७ गते कर्णेल उजिर सिंह थापाले नेपाल अंग्रेज युद्दमा नेतृत्व गरि बुटवलको जितगढ़ी किल्ला बाट अंग्रेजलाई परास्त गरेका थिए ।तानसेनमा रहेको भगवती मन्दिरमा भाकल गरि कर्णेल उजिर सिंह थापाको नेतृत्वमा युद्दमा गएको नेपाली फौजले विजय प्राप्त गरे पछी पाल्पा भगवती मन्दिरको पुनर्निर्माण गरेका थिए । १८७६ देखि कर्णेल उजिर सिंह थापाले विजयउत्सव मनाउन सुरु गरेका थिए । विजयउत्सव मनाउन सुरु गरेको २०३ वर्ष पुगेको छ ।
तानसेन नगरपालिकाका प्रबक्ता यादव सिंह कार्कीका अनुसार उक्त गोला कर्णेल उजिर सिंह थापाको पालाको भएको अनुमान गरिएको बताउनुभयो । २ सय ५ वर्ष पहिले बुटवल जितगढ़ीमा अंग्रेज संगको युद्दमा विजय प्राप्त गरे पश्चात पाल्पा भगवती मन्दिरको पुनर्निर्माण गरिएको र उक्त गोला पनि सोहि समयको हुन सक्ने प्रबक्ता कार्कीले बताउनुभयो ।आधाकारिक के हो ,पुरातात्विक विभागले अनुसन्धान गरे पछि थाहा होला,कार्कीको भनाई थियो ।
हाल नेपाली सेनाको गणमानै गोलालाई रखिएको छ ।
प्रतिक्रिया दिनुहोस्