Ad imageAd image

सरकारको विरोध गरेको आरोपमा इरानका फुटबल खेलाडीलाई फाँसीको सम्भावना

खबर खुराक
खबर खुराक ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

इरानका चर्चित व्यावसायिक फुटबल खेलाडी आमिर नसर–अजादानी २६ वर्ष पुगे । हालै उनले देशमा सरकार विरोधी प्रदर्शनमा भाग लिएका थिए ।

अब उनलाई मृत्युदण्डको सजाय हुन सक्छ ।

उनलाई महिला अधिकारको पक्षमा उभिएकोमा नभई १६ नोभेम्बरमा इस्फाहानमा तीन सुरक्षाकर्मीको मृत्युको लागि जिम्मेवार सशस्त्र समूहको सदस्य भएको कारण सजाय सुनाइनेछ ।

बीबीसीको फारसी सेवाका अनुसार अधिकारीहरूले आमिरले आफ्नो अपराध स्वीकार गरेको दाबी गरेका छन् । अधिकारीहरुका अनुसार सीसीटीभी फुटेजबाहेक उनीहरुसँग अरु धेरै प्रमाणहरु छन् जुन आमिर सहित नौ जनाको अपराध प्रमाणित गर्न पर्याप्त छन् ।

- Advertisement -
Ad image

बीबीसी फारसीका अनुसार सजायको घोषणा भने भइसकेको छैन । इरानको कानुन अनुसार यदि उनी हतियार प्रयोग गरेकोमा दोषी पाइयो भने उनलाई मृत्युदण्डको सजाय हुनेछ ।

बीबीसी मोनिटरिङका अनुसार इरानी न्यायाधीशहरूले मिडियामा प्रकाशित समाचारलाई ध्यान नदिई आफ्नो फैसला दिने संकेत गरेका छन् ।

इरान भित्र र बाहिर सामाजिक सञ्जालमा आमिरको पक्षमा अभियान चलिरहेको छ । जनताले अमिर नसर–अजादानीको पक्षमा मत दिएर समर्थन गरिरहेका छन् ।

आमिरको पक्षमा ठूला स्टार

कतारमा जारी विश्वकपको बीचमा चर्चित गायिका शकिराले पनि आइतबार यो कुरा औँल्याएकी थिइन् ।

कोलम्बियाली गायिका शकिराले ट्वीट गर्दै भनिन्, ‘आज विश्वकपको फाइनल हो । महिला अधिकारको पक्षमा उभिएर मृत्युदण्डको सजाय पाएका अमिर नसरलाई सारा संसारले सम्झने आशा गर्छु ।’

प्रतिक्रिया दिनुहोस्