काठमाडौं । आईएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरे ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्