Ad imageAd image

माधव नेपाललाई भेट्न शिक्षण अस्पताल पुगे देउवा र प्रचण्ड

खबर खुराक
खबर खुराक ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता चयन भएपछि सत्ता गठबन्धनका अर्का नेता प्रचण्डसहित नेपाललाई भेट्न अस्पताल पुगेका हुन्।

अस्पताल पुगेका देउवा र प्रचण्डले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए।

छात्तिमा संक्रमण देखिएपछि नेपाल नेपाल मंगलबार अस्पताल भर्ना भएका हुन्। उनको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ। छात्ति रोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोलीले नेपालको उपचार गरिरहेको छ।

- Advertisement -
Ad image

उपचारका क्रममा भेटघाट बन्द गरिएको थियो। नेपालको स्वास्थ्यमा केही सुधार आएसँगै गठबन्धनका दुई शीर्ष नेता उनलाई भेट्न पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्