मोरङमा कुटपिट गरी हत्या गरेको आरोपमा एक पक्राउ

खबर खुराक
खबर खुराक ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । मोरङमा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको आरोपमा लेटाङ नगरपालिका–१ का ३० वर्षीय हस्तबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

गएको आइतबार दिउँसो सामान्य वादविवादमा लिम्बूले कुटपिट गर्दा गम्भीर घाइते भएका राईलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको थियो । तर, उपचार हुन नसकेपछि घर ल्याइएकामा घरमै राईको मृत्यु भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले कुटपिटमा संलग्न लिम्बूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्