Ad imageAd image

सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

खबर खुराक
खबर खुराक ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पेसी स्थगित गरिएको छ । लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको हो ।

लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको थियो ।

लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्