नयाँ संसदले परिवर्तनको संकेत दिएको छः यादव

खबर खुराक
खबर खुराक ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले नयाँ संसदले परिवर्तनको संकेत गरेको बताएका छन् । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै नेता यादवले संसदमा जुन किसिमले सांसदको उपस्थिति देखिएको छ, त्यसले परिवर्तनको संकेत गरेको प्रतिक्रिया दिए । उनले भने, ‘नयाँ दलहरु आएका छन्, संसदमा पुस्तान्तर भएको अनुभूती दिन्छ र यसले देशलाई नयाँ दिशातिर लान्छ ।’

संसदमा आएका नयाँ अनुहार र पुराना अनुहारबीच समन्वय भयो भने जनताले खोजेको परिवर्तन प्राप्त हुने विश्वास आफूले लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्