Ad imageAd image

चर्को ब्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकअगाडि उद्योगीको धर्ना

खबर खुराक
खबर खुराक ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

विराटनगर । चर्को ब्याजदरको विरोधमा मोरङका उद्योगी, व्यवसायीले बिहीबार विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङलगायत संगठनका प्रतिनिधि त्यहाँ धर्नामा बसेका छन् ।

धर्नाअघि उनीहरूले विराटनगरमा प्लेकार्डसहित विरोध जुलस निकालेका थिए । व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले माग पूरा नहुन्जेलसम्म आन्दोलनलाई निरन्तरता दिइने बताए ।

उनले भने, “बैंकले गरेको अत्याचारका कारण हामी सडकमा आइसकेका छौँ । अब सडकमै धर्ना बस्नुको विकल्प छैन ।” अहिले व्यवसाय गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

यसअघि पनि व्यावसायिक संगठन अर्थमन्त्रीको राजीनामा माग्दै विरोधमा उत्रिएका थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्