नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने, सरकारले पाउने भयो ६ अर्ब ६० करोड

खबर खुराक
खबर खुराक ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ ।  टेलिकमको सञ्चालक समितिले चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

टेलिकमको चुक्ता पुँजी १८ अर्ब रहेको छ । टेलिकमका सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस हिसाबले टेलिकमबाट सरकारले गतवर्षको नाफाबाट ६ अर्ब ६२ करोड रूपैयाँ लाभांश पाउने छ । सरकारले पुस २८ गते साधारणसभा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्