देवदह । अटो रिक्सा प्रयोग गरी महिला माथि यौन दुव्र्यवहार भएको भन्ने समाचारले आफुहरुलाई दु:खित तुल्याएको बुद्धमावली अटो व्यवसायी समितिले जनाएको छ । समितिले रुपन्देहीको देवदह खैरेनीमा भएको महिला माथिको यौन दुर्ववहारमा अटो रिक्साको कुनै संलग्नता नभएको एक प्रेस विज्ञप्ती प्रकाशित गरी जानकारी दिएको छ ।
बुद्ध मावली अटो रिक्सा व्यवसायी समितिका अध्यक्ष धनश्याम भण्डारीद्धारा जारी गरिएको विज्ञप्तीमा महिला माथि हुने हिंसा, विभेद र अपमानजनक व्यवहारको घोर भ्रत्सना गरेको छ । राज्यको तर्फबाट समेत त्यस्ता गलत कार्यलाई निरुत्साहित गर्ने गरी कदम चाल्न र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न विज्ञप्ती मार्फत माग गरेको छ ।
गलत कार्यको अन्त्य नभएसम्म समाजको रुपान्तरण हुन नसक्ने, तर बेला बखतमा हुने त्यस्ता हरकतले समाजलाई तंरगीत तुल्याएको प्रति आफुहरुको आपत्ति रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । समितीले यही पौष २ गते भएको घटनालाई लिएर अटोरिक्सा प्रयोग गरी अपहरण शैलीमा गरिएको भन्ने हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ ।
अटो रिक्सा प्रयोग गरी महिला माथि यौन दुव्र्यवहार गरिएको भन्ने कलोकल्पित भनाईले अटो व्यवसायी दुखित भएको विज्ञप्तीमा जनाईएको छ । अटो रिक्सा व्यवसायीले नगरेको घटनामा व्यवसायीहरुलाई प्रहरी चौकी सम्म पुर्याएर मानसिक र सामाजिक रुपमा टर्चर गरिएको घटनाले आफुहरुलाई दुखित तुल्याएको प्रेस विज्ञप्तीमा जनाईएको छ ।
समितीले समाजमा कुनै पनि घटना हुन नदिन आफुहरु प्रतिवद्ध रहेको समेत जनाएको छ । अटो रिक्साको यात्रा सुरक्षित, मर्यादित र भरपर्दो बनाउन आफुहरु सदैव प्रतिवद्ध भएर लागिरहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्